साङ्गितिक महोत्सवमा भागाभाग हुँदा अमेरिकामा कम्तीमा ८ जनाको मृत्यु



अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उद्घाटनका अवसरमा कम्तीमा ८ जना को मृत्यु भएको छ र कैयौँ घाइते भएका छन्। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो । करिब तीन सय जनालाई चोटपटक लागेर उपचार गरिएको थियो । महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो । घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो ।

ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थितेको र मानिसहरू आतङ्कित हुन थालेर घटना भएको बताए ।

उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका थिए । ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए।

उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए । स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गरेका थिए ।

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरेको थियो । तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ ।

महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने कार्यक्रम रद्द गरिएको छ । आयोजक ‘लाइभ नेसन’ले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष एआरजी पार्कमा हुँदै आएको कार्यक्रम हो। गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण महोत्सव स्थगित भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

  कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिकको मृत्यु

बीबीसी । युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५० हजार नाघेको बीबीसीले पुष्टि

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी