चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण



चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो।

प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो। चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।

तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एउटा नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रिक्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी

अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या