काबुलमा भएको आत्मघाती आक्रमणमा मारिनेको सङ्ख्या १९ पुग्यो, ५० भन्दा बढी घाइते



अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पताल नजिकै मङ्गलबार गराइएको विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् ।

आक्रमणकारीले सैनिक अस्पतालको गेटनजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउण्ड गोली पनि चलाएको तालिवान स्रोतले बताएको छ ।अफगानिस्तानमा तालिवान समूहले सत्ता कब्जामा लिए पछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा २० बर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिवान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम