कोभिडबाट विश्वमा ५० लाख भन्दा बढीको मृत्यु



कोभिड महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो । विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ ।

गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ । यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् ।

रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ । रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति डेनियल हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

गाजासिटी । हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा

पाकिस्तान प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ

इस्लामाबाद । भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय