कोभिडबाट उत्पन्न समस्याको समाधानमा सामूहिक रुपमा लाग्ने जि-२० समूहको प्रतिबद्धता



विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममासम्पन्न भएको छ । सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड-१९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए ।

यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए । उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् ।

कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन् । उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् । हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही