जापानको संसदको तल्लो सदनमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने संकेत



जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले देखाएको छ ।

सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनको लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसदमा शक्तिशाली प्रतिनिधि सभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको छ ।

यद्यपि रिपोर्ट अनुसार एलडीपीको यस पहिले प्रतिनिधि सभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका छन् ।

आम निर्वाचनको मतदान आइतबार साँझ सकिएको छ। स्थानीय समयअनुसार ८ बजे देशभर मतदान केन्द्र बन्द भएका छन् । मतदानस्थलमा पुगेका मतदाताले भने राति अबेरसम्म मतदान गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी