भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४२ लाख पुग्यो



भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि नाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा एउटा पानी जहाज दुर्घटना हुँदा

भारतमा एकैदिन साढे तीन लाखलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् ।

ट्रक विष्फोट हुँदा घानामा कम्तीमा १७ जनाको मृत्यु

घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अस्ट्रियामा खोप नलगाउनेलाई ३६ सय युरो जरिवाना हुने

अस्ट्रियामा सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि युरोपेली