कोरोना खोपको समान वितरणका लागि महासचिव गुटेर्रेसको आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यस्तो आग्रह गरेका हुन् ।

महासचिव एन्टोनियो गुटेर्रेसले भने, ‘अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।’

अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन । उनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी रहेको बताए ।

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ । महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही