दक्षिण कोरियाले इरानलाई कोभिडविरुद्धको १० लाख डोज खोप दिने



दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ । कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ।

उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ। उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ।

दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४७०,००० खोपहरू उपलब्ध गराएको थियो। दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसंख्या को ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग