रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु



रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

रुसमा कोरोना सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ । शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’