बोलिभियाको लापाजमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु



बोलिभियाको लापाजमा सवारी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा दुर्घटनामा भएको बताइएको छ ।

बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् ।

मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

  सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप

इजरायली सेनाका गुप्तचर प्रमुखले दिए राजीनामा

बीबीसी । इजरायलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण

नर्वेका राजा ह्याराल्डले आफ्नो कामको बोझ घटाउने

करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले