यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि दिने निर्णय गरेको हो ।
सन् १९४८ मा जन्मिएका उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनले १० उपन्यास लेखेका छन् र धेरै छोटा कथा पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।

प्रतिक्रिया