यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले जापान, जर्मनी र इटलीका तीन जना वैज्ञानिकलाई नोबेल पुरस्कार दिने घोषणा गरेका हुन् ।
जटिल भौतिक प्रणालीप्रतिको बुझाइमा ठूलो योगदान दिएकाले उनीहरुलाई पुरस्कृत गरिएको जनाइएको छ। । पुरस्कारको आधा हिस्सा पारिसीलाई प्रदान गरिएको छ भने अर्को आधा हिस्सा मानावे र हेसलम्यानलाई दिइने भएको छ ।
मानावे र हेसलम्यानलाई ‘पृथ्वीको जलवायुको प्रतिरुप निर्माण, परिवर्तनशीलताको परिमाण निर्धारण र विश्वसनीय ढंगले विश्वव्यापी तापक्रम वृद्धिको भविष्यवाणी’ लागि पुरस्कृत गरिएको हो । त्यस्तै, पारिसीलाई ‘परमाणुदेखि ग्रहसम्मका भौतिक प्रणालीमा हुने अव्यवस्था र उतारचढावको परस्पर क्रियाको खोजका लागि’ पुरस्कार प्रदान गरिएको हो।

प्रतिक्रिया