रुसी र टर्कीस राष्ट्रपतिबीच सिरिया संकटबारे कुराकानी



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच भेटवार्ता भएको छ । उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ ।

उनीहरुकाबीचमा भएको कुराकानीले आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ । रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ । सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ ।

सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताले निकालेका थिए । टर्कीस् राष्ट्रपति एर्डाेगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताएका थिए । उनले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्धिपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा