भारतमा थप १८ हजारलाई कोरोना संक्रमण



भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ । ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा