ज्वालामुखीबाट निस्केको लाभा एटलान्टिक महासागरमा पुग्दा विषाक्त ग्यासको त्रास



स्पेनको ला पाल्मा टापुस्थित अहिले फुटिरहेको अर्थात् सक्रिय ज्वालामुखीबाट बहेको लाभा अहिले एटलान्टिक महासागरमा पुगेको छ। त्यसले विषाक्त ग्यास उत्सर्जन हुने र विस्फोट हुने त्रास पैदा भएको छ ।

प्लाया नुएभा क्षेत्रमा महासागरको पानीमा रातो लाभा मिसिँदा बाफको बादलजस्तो आकारको मुस्लो माथि गइरहेको देखिएको छ । यसले रासायनिक प्रतिक्रिया हुनसक्छ। त्यसमा क्लोरिन हुने भएकाले वरपरका मानिसमा छाला र आँखा चिलाउन सक्ने र श्वास प्रश्वासमा समस्या आउन सक्ने बताइएको छ । सेप्टेम्बर १९ मा उक्त ज्वालामुखी फुटेपछि सयौँ घरहरू ध्वस्त भएका छन् ।

लाभाले घरहरू, स्कुलहरू र केरा घारीहरू ध्वस्त बनाएपछि करिब छ हजार मानिसलाई उद्धार गरिएको छ । लाभा स्थानीय समय अनुसार मङ्गलवार महासागरमा पुगेको केनरी आइल्यान्ड्स भोल्क्यानिक इन्स्टिच्यूट इन्भोल्क्यानले जनाएको छ । समुन्द्र तटको केही क्षेत्र ध्वस्त हुने र त्यसले विस्फोटन पनि निम्त्याउन सक्ने त्रास छ ।

तीनवटा तटीय गाउँहरूमा लाभाले स्थानीय पानीका स्रोत प्रदूषित पारिदिएको आशङ्कामा लकडाउन गरिएको छ । स्पेनका अधिकारीहरूले सुदूर उत्तरी टापुमा ला पाल्मामा ज्वालामुखी विस्फोट भएपछि त्यसलाई प्राकृतिक प्रकोप क्षेत्र घोषणा गर्दै प्रभावित सबैलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा