अफगानिस्तानमा २५ सय सैनिक राख्न सुझाव दिएका थियौंः जनरल मिली



अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलले गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २ हजार ५ सय जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको बताएका छन् ।

जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिएको गवाही राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ । उनले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जनाएका थिए ।

तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताए ।

दुवै जनरलहरूले तालिबानले त्यति चाँडै सत्ता नियन्त्रणमा लिन सफल होला भन्ने अनुमान आफूहरूले नगरेको बताएका छन् । जनरल मिलीले तालिबान अझै पनि आतङ्कवादी समूह रहेको र उसको अल कायदासँग सम्बन्ध कायमै रहेको बताउँदै अफगानिस्तानबाट आतङ्कवादी हमला हुनसक्ने विषयबारे सचेत गराएका थिए ।

रक्षामन्त्री सहित दुईजना शीर्ष जनरलहरूलाई माथिल्लो सदन सिनेटको आर्मड सर्भीसेस कमिटीले मङ्गलवार सोधपुछ गरेको थियो । अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गरेका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २,५०० सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताए ।

अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताएका थिए । जनरल मिलीले त्यस्तो सुझावमा आफू सहमत भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा