कुकुरको मासुमा प्रतिबन्ध लगाउने पक्षमा दक्षिण कोरियाली राष्ट्रपति



दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएका छन् । अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन् हालैका वर्षहरूमा यसको माग घटिरहेको बताइएको छ ।

तर वर्षेनी दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ । प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए ।

कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो । प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।

दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन । तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन् ।

त्यस कारण त्यहाँका तीन ठूला कुकुरको मासु केन्द्रहरू बन्द भइसकेका छन् । सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कुकुरको मासु नखाएको वा भविष्यमा नखाने बताएका थिए । सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कुकुरको मासु खान प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको थियो ।

कुकुरको मासुमा प्रतिबन्धको माग गरिरहेका पशु अधिकार संस्थाहरूले मूनको भनाइलाई स्वागत गरेका छन् । अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको बेला यो मुद्दाले चर्चा पाउन सक्ने बताइएको छ। केही उम्मेदवारहरूले कुकुरको मासुमा प्रतिबन्ध लगाउनु पर्ने बताइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा