तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध



तालिबानले नाइहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ ।

उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी काबुलका केही नाइहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ ।

तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो । गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ । शनिवार तालिबान लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो ।

दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाइहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ । सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाइले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए ।

उनीहरूले ती नाइलाई अमेरिकी शैली पच्छाउन बन्द गर्न भने र कसैको पनि कपाल मिलाउने वा काट्ने कार्य नगर्ने भनेका छन् । केही दिनअघि मात्रै तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा