यमनको मारिबमा भएको भिडन्तमा कम्तीमा ५० जनाको मृत्यु



यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनिक स्रोतले आइतबार पुष्टि गरेको छ ।

तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ । “विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ ।

सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ । मारिबलाई नियन्त्रणमा राख्नका लागि सेप्टेम्बर महिनामा भएको झडपमा मात्र करिब ४०० जनाको मृत्यु भएको जनाइएको छ । सो क्षेत्रमा भएको झडपमा सुस्ततापछि सो घटना भएको हो ।

हुथीहरूले सुरुमा यस क्षेत्रको तेल स्रोतको नियन्त्रण जफत गर्ने र शान्ति वार्तामा आफ्नो स्थान सुदृढ पार्ने महत्वाकाङ्क्षासहित फेब्रुअरीमा मारिब कब्जा गर्ने आफ्नो रणनीतिसाथ आक्रमण गर्दा दुबैतर्फ ठूलो सङ्ख्यामा क्षति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा