उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्ध अन्त्य घोषणा गर्न यस्ता छन् सर्त



उत्तर कोरियाका नेता किम जङ–उनकी बहिनीले दक्षिण कोरियाले आफ्ना शत्रुतापूर्ण नीति परित्याग गरेका उससँग पुनः वार्ता गर्न सकिने बताएकी छन् । कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दक्षिण कोरियाले फेरि आह्वान गरेपछि किम यो–जङले त्यस्तो प्रतिक्रिया दिएकी हुन् ।

कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो। तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन । त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन्।

बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ । यो साता दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले दुवै कोरिया र तिनका सहयोगी राष्ट्र दक्षिण कोरियालाई सहयोग गर्ने अमेरिका र उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार चीन – लाई द्वन्द्व अन्त्य भएको औपचारिक घोषणा गर्न र कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आह्वान गरेका थिए ।

उक्त आह्वानलाई उत्तर कोरियाका एक वरिष्ठ मन्त्रीले अपरिपक्वको सङ्ज्ञा दिएका थिए । तर शुक्रवार अनपेक्षित रूपमा सरकारी सञ्चारमाध्यममार्फत् एउटा विज्ञप्ति प्रकाशित गर्दै किम यो–जङले उक्त आह्वान सराहनीय भएको टिप्पणी गरिन् ।

उनलाई उत्तर कोरियामा शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ । दक्षिण कोरियाले शत्रुतापूर्ण नीतिहरू रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको उनको भनाइ छ । उनले भनेकी छन्, ‘आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने तर हाम्रो आत्मरक्षाको अधिकारको उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, असङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रुतापूर्ण अडान परित्याग गरिनुपर्छ ।’

दक्षिण कोरियाले अमेरिकासँग मिलेर गर्ने वार्षिक सैन्य अभ्यासको प्योङ्याङले आलोचना गर्ने गरेको छ । सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आयोजित आणविक निरस्त्रीकरण वार्ता असफल भएको थियो। त्यसपछि ती दुई देशबीच सम्बन्धमा सुधार आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा