कोभिडविरुद्धको खोपको उचित वितरणका लागि चिनियाँ  विदेशमन्त्रीको आग्रह



चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् ।

मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरेका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघमा चीनको जनवादी गणतन्त्रको वैधानिक सीटको पुनःस्थापनाको ५० औं वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैं विकासशील देशहरूको पक्षमा र अन्तरराष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताएका छन् ।

शाहिदले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औँ वार्षिकोत्सव र संयुक्त राष्ट्र संघको एच्ऋ को वैधानिक सीट पुनःस्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा बधाइ दिदै यस सत्रको मुख्य एजेन्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशा समेत व्यक्त गरेका छन् । त्यस अवसरमा अध्यक्ष शाहिदले बेइजिङ शीतकालीन ओलम्पिकको पूर्ण सफलताको कामना पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा