अमेरिकाले विकासशील मुलुकलाई थप ५० करोड डोज खोप वितरण गर्ने



अमेरिकाले अर्को वर्ष थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ ।

राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप बाँड्ने बाचा गरिरहँदा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ । विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ ।

तर त्यस्तो लक्ष्य भेटिने सम्भावना देखिंदैन । बाइडनले खोप वितरणका व्यवस्थापकीय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् । धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ ।

जबकी न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन् । कयौँ अध्ययनहरूले अझै धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने बताइएका बेला ह्वाइटहाउसले त्यस्तो सम्मेलन आयोजना गरेको हो ।

जुन महिनामा जी–सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, वेलायत र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि १ अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०