यमनमा भएको हवाई कारबाहीमा १२् हुथी विद्रोहीको मृत्यु



केही दिनयता देखि यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सेनाले गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ ।

सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो । सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ ।

सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको थियो । यमन सरकारको सेनाले दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०