अमेरिकाको टेक्ससमा गर्भ तुहाउन सहयोग गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर



अमेरिकाको टेक्सस राज्यमा गर्भपतन विरुद्धको नयाँ कानुन उल्लङ्घन गरेको स्वीकार गर्ने एकजना डाक्टरविरुद्ध मुद्दा दायर भएको छ । ती डाक्टर एलन ब्रेइडले वाशिङ्गटन पोष्ट पत्रिकामा लेख लेख्दै आफूले गर्भधारणको प्रारम्भिक चरणमा रहेकी तर टेक्सस राज्यले तोकेको नयाँ कानुनी समयसीमा नाघेको अवस्थाको एक महिलालाई गर्भपतनमा सघाएको बताएका थिए ।

आर्कान्सो र इलिनोई राज्यका भूतपूर्व वकिलहरूले सोमवार ती डाक्टरविरुद्ध मुद्दा दायर गरेका हुन् । टेक्सस राज्यमा जारी गर्भपतनसम्बन्धी नयाँ कानुनले गर्भधारण भएको छिटोमा छ हप्तासम्मको अवस्थामा गरिने गर्भपतनलाई गैरकानुनी ठहर गरेको छ ।

उक्त नयाँ कानुन यही सेप्टेम्बर महिनाको १ तारिखबाट लागु भएको छ। त्यसअनुसार टेक्सस वा अन्यत्रका जो कोही व्यक्तिले छ हप्ता नाघेको गर्भपतन गर्न सघाउने डाक्टरहरूविरुद्ध मुद्दा हाल्न पाउँछन् ।

तर उक्त कानुनले त्यस्तो गर्भपतन गराउने महिलाविरुद्ध मुद्दा चलाउने अनुमति भने दिँदैन । गर्भपतनविरोधी अभियानकर्ताहरूले भन्ने गरेका भ्रुणको मुटुको चाल थाहा पाउन सकिने अवस्था भइसकेपछि गरिने गर्भपतनमाथि नयाँ कानुनले प्रतिबन्ध लगाएको छ । तर यो अवस्थालाई चिकित्सा क्षेत्रका विज्ञहरूले अन्योलकारी भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०