सुडानमा ‘सैन्य कू’ गर्ने असफल प्रयास



सुडानमा अपदस्थ भूतपूर्व राष्ट्रपति ओमर अल–बशिरका समर्थकहरूले कू अर्थात् सैन्य विद्रोह मार्फत सत्तापलट गर्न गरेको एउटा प्रयास असफल तुल्याइएको सरकारले जनाएको छ ।

‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ र जनताले त्यसको प्रतिवाद गर्नुपर्छ,’ मंगलबार सरकारी टेलिभिजनले भनेको छ । यद्यपि कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे रिपोर्टमा खुलाइएको छैन ।

राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रबाट प्राप्त विवरणहरूअनुसार ती क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको छ र नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएका छन् ।

समाचार संस्था एएफपीका अनुसार केही मानिसहरूले सरकारी सञ्चारमाध्यमको भवन कब्जामा लिने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको पनि विवरणहरूमा जनाइएको छ ।

रोएटर्स समाचार संस्थाले सेनाका प्रवक्ता मोहम्मद अल फाकिलाई उद्धृत गर्दै संदीग्धहरूलाई छिटै नै सोधपुछ गरिने जनाएको छ ।

दुई वर्षअघि देशका लामो समयदेखिका शासक ओमार अल–बशिरलाई अपदस्थ गरिएको थियो । त्यसपछि सत्ता साझेदारी सम्झौता अन्तरगत सेना, गैरसैनिक प्रतिनिधि र विरोध प्रदर्शनकारी समूहहरूको संलग्नतामा अन्तरिम सरकार स्थापना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०