भारतमा थप २६ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३८५ पुगेको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ । यो सङ्ख्या १८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०