पूर्ण मात्रा खोप लगाएकाहरूका लागि अमेरिका जान हवाई यात्रा खुकुलो पारिँदै



अमेरिकाले वेलायत, ईयू र अन्य देशका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन् ।

गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो ।

यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको छ । यसले अब प्रतिबन्धकै कारण टाढिएका साथी र नातेदारलाई पुर्नमिलन हुने बाटो खोल्नेछ । सोमबार नयाँ नियमहरूको घोषणा गर्दै ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले यो अझ बलियो प्रणाली रहेको बताए ।

उनले भने, ‘नयाँ नियमहरू देशका आधारमा भन्दा पनि व्यक्ति केन्द्रित छन्। मुख्य कुरा अमेरिकाका लागि उड्ने विदेशीहरू पूर्णमात्रा खोप लगाएका हुनुपर्छ।’

अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो जुन पछि अन्य देशहरूका लागि विस्तार गर्दै लगियो ।

हालको नियमले पछिल्लो १४ दिनभित्र यूके, कयौँ युरोपेली देशहरू, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्रजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको थियो ।

नयाँ नियम अनुसार विदेशी यात्रुहरूले उड्नुअगावै कोभिड नेगेटिभ आएको परीक्षणको नतिजा देखाउँदै आफ्ना सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वारिन्टिन भने बस्नुपर्नेछैन ।

नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागु हुने हो भन्ने स्पष्ट भइसकेको छैन। आस्ट्राजेनेका खोप अझै अमेरिकामा स्वीकृत भएको छैन ।

एउटा मात्र खोप लगाएका १२ देखि १८ वर्षबीचका मानिसहरूलाई प्रवेश पाउँछन्,पाउँदैनन् भन्ने समेत स्पष्ट भइसकेको छैन । तर ह्वाइटहाउसका कोभिड संयोजकले त्यसबारे अमेरिकी सेन्टर्स फर डीजिज कन्ट्रोलले निर्णय लिने बताएका छन् । क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा भने नयाँ नियम लागु हुनेछैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०