कम्बोडियामा ७५ प्रतिशतलाई कोभिडविरुद्धको खोप लगाइयो



कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ । कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन् । कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ ।

ती मध्ये एक करोडभन्दा बढीले खोपको पुरा मात्रा लगाएका छन् । यो सङ्ख्या ६४ प्रतिशतभन्दा बढी हुन्छ । त्यसैगरी ५.२ प्रतिशत अर्थात् आठ लाख ३० हजार ८१४ जनाले अतिरिक्त मात्रा खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही सेप्टेम्बर १९ सम्मको विवरण अनुसार दुवै खोप लगाएका एक करोड मध्ये ९८.२७ प्रतिशत प्रौढहरु रहेका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडियामा गत फेब्रुअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

कम्बोडियामा खोप उपलब्ध गराउने मुलुकमध्ये चीन मुख्य देश हो । कम्बोडियाका राष्ट्रपति सम्बेच तेचो हुनसेनले चिनियाँ खोपले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग भएको बताए ।

कम्बोडियामा पछिल्लो एक दिनमा ६२२ जना नयाँ सङ्क्रमितहरु थपिएको विवरण सरकारी अधिकारीहरुले सोमबार सार्वजनिक गरेका छन् । योसँगै देशभरी अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख चार हजार ७१६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कम्बोडियामा कोरोनाका कारण अहिलेसम्म दुई हजार १२३ को मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०