अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित



अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन् ।

मन्त्रालयले आइतबारदेखि लागु हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ । सूचनामा हजारौँ छात्राको पढाई तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै सूचनामा उनीहरुलाई कुनै निर्देशन समेत नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ ।

शिक्षिकाहरुले आफुहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन् । राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफुलाई विद्यालयले नबोलाएको बताइन् ।

विद्यालय फर्किने बारेमा आफुहरुलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्यौल सृजना भएको छ, उनले भनिन् । उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताइन् ।

उनको जस्तै अरु धेरै शिक्षिकाहरुको समस्या र गुनासो पनि उस्तै रहेको जनाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् ।

सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ । त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०