फ्रान्सद्वारा वेलायतसँगको रक्षावार्ता रद्द



ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीचको एउटा नयाँ सुरक्षा सम्झौतालाई लिएर सिर्जना भएको विवादका माझ फ्रान्सका रक्षामन्त्रीले ब्रिटिश समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन् ।

अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि पेरिस क्रुद्ध बनेको छ ।

वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सले उक्त सम्झौताका कारण कुनै चिन्ता व्यक्त गर्नुनपर्ने बताएका छन् । तर फ्रान्सेली मन्त्री फ्लोरेन्स पार्लीको वेलायतका रक्षामन्त्री बेन वालेससँग यसैसाता लण्डनमा तय गरिएको बैठक रद्द गरिएको छ ।

दुईदिने उक्त वार्ताको सहअध्यक्षता गर्ने भनिएका फ्रान्सका लागि ब्रिटेनका एकजना पूर्वराजदूत लर्ड रिकेट्सले बैठक सारिएको बताएका छन् । गत साता गरिएको उक्त ओकस सम्झौतालाई साउथ चाइना सीमा चीनलाई चुनौती दिने कदमका रूपमा हेरिएको छ ।

त्यस सहकार्यले सन् २०१६ मा अस्ट्रेलियाले फ्रान्ससँग १२ वटा परम्परागत पनडुब्बी बनाउन गरेको ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता अन्त्य गर्नेछ ।

फ्रेन्च विदेशमन्त्री जाँ यिभ ल द्रियाँले त्यस कदमलाई ’पिठयूँमा छुरा रोपिएको’ र त्यो ’साझेदार र गठबन्धनबीचको अक्षम्य व्यवहार’ भएको बताएका छन् । गठबन्धनभित्र अनपेक्षित कदमका रूपमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले वाशिङ्टन र क्यानबेराबाट आफ्ना राजदूतहरू फिर्ता बोलाएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०