रुसको संसदीय चुनावमा पुटिनको पार्टीको अग्रता



राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ । धाँधलीको आरोपबीच भएको मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो ।

क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन् ।

रुसको निर्वाचन आयोगले भने त्यस्ता दाबीहरूलाई अस्वीकार गरेको छ । चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन् । ३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४५ प्रतिसतभन्दा बढ्ता मत पाएको देखिन्छ ।

इन्सोमार कम्पनीले सञ्चालन गरेर र रिआ समाचार संस्थाले प्रकाशन गरेको अनुमानित मत सर्वेक्षण–एक्जिट पोलले उक्त दलले ४५ प्रतिसतभन्दा केही बढ्ता मत पाउने प्रक्षेपण गरेको छ। आइतबार साँझ मतदान सकिएको केही घण्टामै युनाइटेड रसियाले आफ्नो जित घोषणा गरेको छ ।

सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा युनाइटेड रसिया पार्टीका एक वरिष्ठ अधिकारीले मस्कोमा समर्थकहरूको भिडलाई बधाई दिंदै ’स्पष्ट र निष्पक्ष’ जीत भएको बताएका थिए । मतदाताहरूले डुमा भनिने रूसी संसद्मा ४५० सांसद्हरू निर्वाचित गर्दैछन् । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावमा कयौँ शहरमा विद्युतीय मतदान सुरु गरिएको थियो ।

रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भए तापनि ठूलो अनियमितता नभएको जनाएको छ । प्रारम्भिक नतिजाहरूले उक्त दलले संसदिय बहुमत कायमै राख्ने तर विपक्षीसँग आफ्ना केही आधारक्षेत्र गुमाउने देखाएको छ ।

कोरोनाभाइरस महामारीलाई औपचारिक कारण बताउँदै मतदानलाई तिनदिने बनाइएको थियो । तर आलोचकहरूले लम्ब्याइएको त्यस्तो समयले पारदर्शीताको कमी देखाएको र दुरूपयोग गर्न खुला छाडेको देखाएको बताएका छन्।

सन् १९९३ पछि पहिलोपटक अर्गनाइजेसन फर सेक्युरिटी एण्ड कोओपरेसन इन युरोप (ओएससीई)का पर्यवेक्षकहरू चुनावमा सहभागी भएनन् । उनीहरूले त्यसो गर्नुमा रुसी अधिकारीहरूले लगाएका प्रतिबन्धात्मक सीमाहरूलाई कारण बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०