भारतमा थप ३० हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् ।

भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ ।

यो सङ्ख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिबारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिबार एकै दिनमा परीक्षण गरिएको हो । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०