पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा



पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो ।

उक्त विवादका बीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो । भारतीय काँग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दावी गरिएको छ ।

सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

सिंहलाई संसदीय दलको नेताबाट हटाउनको लागि शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंघले राजीनामा दिनुभएको उहाँ निकट नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०