इटलीमा कर्मचारीहरूका लागि हरियो पास अनिवार्य



इटलीमा कर्मचारीहरूले खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ । त्यहाँ सरकारले हरियो पासको व्यवस्था गर्ने छ ।

युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो । हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने बताइएको छ । उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत बताइएको छ ।

अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउनका लागि गर्न लागिएको हो । डिजिटल माध्यमबाट र कार्डका रूपमा उपलब्ध गराइने हरियो पास रेल स्टेसन, सिनेमा हल, रेष्टुराँ, व्यायामशाला र पौडी पोखरीका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था इटलीमा विद्यमान छ ।

विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने हुन्छ । केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ । इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले त्यस्तो प्रमाणित गर्नुपर्नेछ । हालसम्म खोप नलगाएका ४० लाख कामदारहरूलाई प्रेरित गर्नका लागि त्यस्तो व्यवस्था सार्वजनिक गरिएको बताइएको छ ।

उक्त नियम अवज्ञा गर्नेहरूले १ हजार आठ सय अमेरिकी डलरसम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था छ भने उनीहरूलाई निलम्बन समेत गर्न सकिने व्यवस्था छ ।

सर्वेक्षणहरूका अनुसार अधिकांशले पछिल्लो सरकारी कदमलाई समर्थन गरेका छन् । त्यहाँको सरकारले अनिवार्य खोपको व्यवस्थाबारे पनि सोच बनाइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०

स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान