चार जना गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा



चार जना गैर पेशेवर अन्तरिक्षयात्रीहरू अमेरिकाको फ्लोरिडाबाट पृथ्वीको कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका छन् । इन्स्पिरेशन फोर नामक उक्त अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्ति सहभागी छन् ।

स्पेसएक्स रकेट कम्पनीले उपलब्ध गराएको ’ड्रयागन क्याप्सुल’मा सवार भएर उक्त समूह केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रामा निस्किएको हो । ती चार जनाले अबको तीन दिन पृथ्वीको परिक्रमा गरेर बिताउनेछन् ।

पछिल्लो घटनाक्रम अन्तरिक्ष पर्यटन बजारका लागि महत्त्वपूर्ण कोशेढुङ्गा भनिएको छ । एक दशकको अवरोधपछि अन्तरिक्ष पर्यटनले पुनः गति लिएको छ । यसै वर्षको गर्मीयाममा अमेरिकी अर्बपति सर रिचर्ड ब्र्यान्सन र जेफ बेजोसले आफ्नै अन्तरिक्ष यानको प्रयोग गरी पृथ्वीको वायुमण्डलभन्दा माथि यात्रामा गरेका थिए ।

अहिलेको अन्तरिक्ष अभियान पछाडि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा दुईवटा निजी भ्रमण हुन लागेको छ । अक्टोबरमा एक जना रुसी चलचित्र निर्देशक र एक जना नायिकाले अन्तरिक्षको भ्रमण गर्दैछन् भने दोस्रो भ्रमण भने नयाँ वर्षको प्रारम्भमा हुने भनिएको छ ।

इन्स्पिरेशन फोरमा यात्रा गर्ने चार जना सदस्यहरूले स्पेसएक्ससँग ६ महिनाको विस्तृत तालिम लिएका थिए । तर उनीहरूको ड्रायगन क्याप्सुलको नियन्त्रण जमिनमा रहेको स्पेसएक्स समूहकै हातमा हुनेछ ।

उक्त यानले तोकिएको ५ सय ७५ किलोमिटरको उचाइसम्म स्वतन्त्र उडान गर्नेछ । ठूलो झ्यालको सिसाले यात्रामा सवार चार जनालाई पृथ्वीको गज्जबको दृश्य हेर्ने मौका मिल्नेछ । त्यो पृथ्वीको कक्षमा अवस्थित प्रयोगशाला भन्दा करिब १ सय ५० किलोमिटर माथि हो र हब्बल स्पेस टेलिस्कोपले ब्रम्हान्ड हेर्न प्रयोग गर्ने लगभग उचाइ हो ।

निश्चित गन्तव्य नभएपनि चार जनाका लागि यात्रा अवधिमा पर्याप्त रूपमा व्यस्त राख्ने कामहरू छन्। उनीहरूले ड्रयागन क्याप्सुल भित्रै वैज्ञानिक परीक्षणहरू गर्नेछन् । स्पेसएक्सले उनीहरूको अस्थायी बस्ने ठाउँ भित्र बनाइदिएको ठूलो झ्यालका मद्दतले तल रहेको पृथ्वी हेरेर उनीहरूले आनन्द लिने निश्चित जस्तै छ ।

इन्स्पिरेशन फोर कार्यक्रमलाई स्पेसएक्सबाट ३८ वर्षका ज्यारेड आइज्याकम्यानले खरिद गरेका थिए । क्रेडिट कार्डबाट रकम तिर्ने प्रणाली विकास गरेर मनग्गे कमाएका उनले अन्तरिक्ष उडानलाई निश्चित उद्देश्य दिने निर्णय गरेका थिए ।

त्यही भएर उनले तीन सिट प्रेरणादायी कथा भएका व्यक्तिहरूलाई उपहार दिने निर्णय गरे । त्यो यात्रामा गइरहेकी २९ वर्षकी हेली एर्सेनोको सन्दर्भमा त्यो सबैभन्दा राम्रोसँग झल्कन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०

स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान