हाइटीका प्रधानमन्त्रीलाई देश छाड्न रोक



हाइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्नमा रोक लगाइएको छ ।

एकजना अभियोजनकर्ताले आङ्ग्रीविरुद्ध अभियोग लगाउन खोजिरहेका छन् । उनलाई हत्याका मुख्य सन्दिग्ध जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न भनिएको छ ।

रेकर्डहरूका अनुसार ती दुईबीच हत्यापछि पटक–पटक टेलिफोन संवाद भएको देखिएको अभियोजनकर्ताहरूले बताएका छन् । मोइजलाई गत जुलाई ७ तारिखमा आफ्नै निवासमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए ।

उनको मृत्युले हाइटीमा राजनीतिक सङ्कट निम्त्यायो जुन एक महिनाअघि दक्षिणी भागमा गएको ठूलो भूकम्पका कारण झनै बढ्यो । सोमबार आङ्ग्रीले एउटा पत्रमार्फत प्रमुख अभियोजनकर्ता बेड–फोर्ड क्लोडलाई गम्भीर प्रशासनिक गल्ती गरेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेका छन् । पछि उनले अर्का व्यक्तिलाई त्यो पदमा नियुक्त गरे। तर मङ्गलबार क्लोडले प्रमुख अभियोजनकर्ताकै रूपमा काम गरे ।

उनले मोइजको हत्याको मुद्दा हेरिरहेका न्यायाधीशसँग प्रधानमन्त्रीलाई घटनाको सन्दिग्धका रूपमा अभियोग लगाउन आग्रह गरेका छन् । हाइटीबारे जानकारहरूका अनुसार प्रधानमन्त्रीसँग अभियोजनकर्तालाई पदमुक्त गर्ने अधिकार छैन ।

कैयौँ धम्कीका कारण हेइटीको न्याय मन्त्रालयले क्लोडलाई थप सुरक्षाकर्मी उपलब्ध गराउन निर्देशन दिएको छ।५३ वर्षका मोइज सन् २०१७ देखि उत्तर अमेरिकी महादेशको सबैभन्दा गरिबमध्येको देश हाइटीका राष्ट्रपति थिए ।

भ्रष्टाचारको आरोपको सामना गर्नु परेको र राजधानीसहित देशका विभिन्न सहरहरूमा यसै वर्षको सुरुमा प्रदर्शनहरू भइरहेकाले उनको कार्यकाल विवादमुक्त थिएन ।

सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भए तापनि विवादहरूका कारण त्यसमा विलम्ब भइरहेको थियो र उनले उर्दीका भरमा शासन चलाइरहेका थिए । प्रस्तावित संवैधानिक परिवर्तनका लागि उनले सेप्टेम्बरमा जनमत सङ्ग्रह गराउने योजना गरेका थिए ।

हाइटीको प्रहरीले उनको हत्यामा संलग्न अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुईजना संयुक्त राज्य अमेरिकाको नागरिकता भएका व्यक्ति रहेको जनाएको थियो ।

आक्रमणकारीका रूपमा आरोपितमध्ये ४४ जनालाई पक्राउ गरिसकिएको छ। ती मध्ये १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी हुन् । तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी