तालिबानद्वारा पन्जशिर उपत्यकामा कयौँ सर्वसाधारणको हत्या



तालिबान र उसका विपक्षीबीच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएका छन् । पन्जशिर उपत्यकामा तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले फेला पारेको हो ।

पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडियो फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ । त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन् ।

सैन्य पोसाक उक्त क्षेत्रमा सामान्य रहेकाले ती व्यक्ति लडाकु समूहका सदस्य हुन् वा होइनन् भन्ने कुरा स्पष्ट छैन । भिडियोमा घटनाका बेला नजिकै रहेका एकजनाले मारिएका व्यक्ति सर्वसाधारण रहेको बताएका थिए ।

बीबीसीले पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ । तीमध्ये एक दुई सन्तानका बाबु अब्दुल सामी पसल चलाउँथे । स्रोतका अनुसार तालिबानले आफ्नो पकड बनाउँदै गर्दा उनी ‘आफू मात्र एक गरिब दोकानदार रहेको र युद्धसँग कुनै साइनो नरहेको’ बताउँदै त्यहाँबाट नभागी बसेका थिए ।

तर उनलाई तालिबान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोप लगाउँदै पक्राउ गरिएको थियो । त्यसको केही दिनपछि मृत शरीर उनको घर नजिकै पुर्याएर छाडिएको थियो । उनलाई यातना दिएको सङ्केत देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी