नाइजेरियाको जेलमा बन्दुकधारीद्वारा आक्रमण गरी २४० कैदी मुक्त



नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन। मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ।

नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, ‘कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन्।’

हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए। बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि प्रारम्भिक थुनुवाइमा थिए। आक्रमणकारीहरूको खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामान्य होइनन्।

अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए।
द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथकतावादी आन्दोलनको सामना गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी