उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण



उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । उसका अनुसार शनिवार र आइतबार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो ।

दुवै क्षेप्यास्त्र १५ सय किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत ज्यानुअरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।

ब्यालिस्टीक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी