अफगानी महिलाहरू विस्तारै काममा फर्किदै



तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् ।

कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वार्षिया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

रबियाले भनिन् ,“मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ अहिले जागिर सुरु गरेपछि खुसी छु।“ विमानस्थलमा कार्यरत ८० महिलाहरू मध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन् । तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरै मध्येमा पर्छन् ।

विमानस्थलमा कार्यरत मध्ये ६ जना महिलाहरू विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी