पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ । उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनेछ।
प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ । विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने छ ।

प्रतिक्रिया