कर्णेल कद्दाफीका छोरा सादी कद्दाफी टर्कीमा



सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी काद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उनका प्रवक्ता मोसा इब्राहिमले पुष्टि गरेका छन् ।

कद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी आफ्नो खेलकूदका लागि चिनिन्थे । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थिए । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरिएको थियो ।

उनलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजान लगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो ।

सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो ।

“इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उदृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो ।

अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उहाँलाई सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार