अफगानिस्तानमा तालिबान सरकारको घोषणापछि अमेरिका चिन्तित



अफगानिस्तानमा तालिबानको नयाँ सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन् ।

तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो । अमेरिकी सांसद लिन्डसे ग्राहमले नयाँ सरकारलाई ठग र कसाईहरूको समूह भनेका छन् । ग्राहम राष्ट्रपति जो बाइडनको अफगानिस्तान छोड्ने निर्णयको आलोचना गर्ने वरिष्ठ रिपब्लिकन सांसदहरूमध्ये एक हुन् ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘घोषणा गरिएका नामहरू तालिबानका सदस्य वा तिनको नजिकका सहयोगी भएका र महिला नभएको हामीले देखेका छौँ।’ विज्ञप्तिमा अमेरिकीले तालिबानलाई भनाइका हिसाबले नभई कामका हिसाबमा मूल्याङ्कन गर्ने बताएको छ ।

उसले विदेशी नागरिक र यात्रा कागजात भएका अफगान नागरिकलाई सुरक्षित मार्ग दिने र अफगानिस्तानबाट हवाई उडानहरू गर्न दिने प्रतिबद्धताहरूमा तालिबानलाई कायम राख्न खोज्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी