दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा जेलमुक्त



दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् । डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उहाँले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उहाँ सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।”

“यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेलसजाय भुक्तान गर्नुपर्ने हुन्छ ।”नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएनन् ।

उनले भने, “जुमाको पुनः गल्ती हुने सम्भावना कम छ ।” अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए । जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

उनले भने, “सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूको लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्याउन चाहन्छौं । हामी सबै दक्षिण अफ्रिकीहरूलाई  जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी