पन्जशिर उपत्यकामा भइरहेको लडाइँमा सयौं मारिएको आशंका



तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन् ।

तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन् । पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन् ।

अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन् । तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन् ।

उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए । बीबीसीलाई पठाएको भिडियो सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्।

‘अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।’

उनले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडियो पठाएको जनाएका छन् । पन्जशिरमा भइरहेका लडाइँमा सयौँले ज्यान गुमाएका विवरण आएका छन् । काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सबैभन्दा सानो मध्ये एक प्रान्त हो । तालिबानको हातमा नपरेको यो एउटै मात्र अफगान प्रान्त हो ।

पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागत रूपमा नै तालिबान विरोधी गढ हो । त्यहाँ डेढ लाखदेखि दुई लाख मानिसको बसोबास छ । पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन् ।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे