तालिबान र विरोधी फौजबीच पन्ञशिर उपत्यकामा भीषण लडाइँ



तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको विवरण आएका छन् । तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन् ।

तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ । पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन् । मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन् ।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले वार्ता असफल भएपछि लडाकुहरू पन्जशिर उपत्यकामा प्रवेश गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । विरोधी फौजका प्रवक्ता फाहिम दाश्तीले दुई पक्षले एकदमै फरक अडान लिएका कारण वार्ता असफल भएको बताएका छन् । उनले दुई स्थानमा तालिबानसँग लडाइँ भइरहेको र ३५० तालिबानको मृत्यु भएको दाबी गरे ।

तालिबान लडाकुहरूले प्रहरी र सरकारका पूर्वअधिकारीहरूलाई खोजी खोजी हत्या गरिरहेको विवरण आएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको बम आक्रमणमा घाइते सैनिकहरूलाई भेटेका छन् ।

आक्रमणमा मारिएका १७० जनामध्ये १३ जना विदेशी र अफगान नागरिकहरूको उद्धार उडानमा सहयोग गरिरहेका अमेरिकी सैनिक थिए । बाइडनले अमेरिकी सेनाले अफगानिस्तान छोडेको चार दिनपछि सो भ्रमण गरेका हुन् ।

अगस्ट १५ मा तालिबानले पश्चिमा देशहरूको समर्थन रहेको सरकारलाई गिराउँदै अफगानिस्तानको सत्तामाथि नियन्त्रण गरेका थिए । एनएफआरका वैदेशिक सम्बन्धका प्रमुख अली नजारीले हजारौँको सङ्ख्यामा रहेको फौजका साथ पन्जशिरको रक्षा गर्नका लागि तयार रहे पनि आफूहरूले शान्ति र विकेन्द्रीकृत सरकारमा आधारित बस्ती चाहेको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै