उत्तर कोरियाद्वारा चिनियाँ खोप अस्वीकार



उत्तर कोरियाले झन्डै ३० लाख मात्रा कोभिड खोप अस्वीकार गर्दै अन्यत्र प्रदान गर्न भनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका एक प्रवक्ताले उत्तर कोरियाले विश्वमा खोप अभाव भइरहेका बेला ती खोपहरू अतिप्रभावित देशहरूलाई प्रदान गर्न भनेको बताए ।

उत्तर कोरियालाई गरिब देशहरूलाई खोप प्राप्त गर्न सघाउने कोभ्याक्स कार्यक्रमअन्तर्गत चीनमा निर्मित सिनोभ्याक खोप दिन सकिने बताइएको थियो । अगस्ट १९ सम्म उत्तर कोरियामा कोरोनाभाइस सङ्क्रमणको कुनै विवरण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वास्थ्यकर्मी र रुघाजस्तो रोग लागेका ३७,२९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको बताएको छ ।

महामारी सुरु भएयता नै उत्तर कोरियामा कडा नियमहरू लगाइएको बताइएको छ । गत वर्ष जनवरीमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो । उत्तर कोरियाले खोप अस्वीकार गरेको यो पहिलो पटक भने होइन ।

जुलाईमा आस्ट्राजेनेका खोपको लगभग २० लाख मात्रा खोप उत्तर कोरियाले सम्भावित नकारात्मक असरबारे चिन्ता जनाउँदै अस्वीकार गरेको दक्षिण कोरियाली गुप्तचर निकायसँग सम्बन्धित संस्थाले जनाएको थियो ।

जुलाईमै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खोप दिन खोजिएको बताएका थिए । उत्तर कोरियाले खोपको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ । त्यहाँका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खोपका नकारात्मक असरका बारेमा सामग्री प्रकाशन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै