भारतमा थप ४२ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए । सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरि सङ्क्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा केरलामा ७५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ । महाराष्ट्रमा १३१ जनाको मृत्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

अहिलेसम्म कूल तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै