भारतमा तीन करोड २४ लाख मानिसलाई कोरोना संक्रमण



भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ३४ हजार ३६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९४२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमित रहेको कूल व्यक्तिको सङ्ख्या अझै तीन ५३ हजार ३९८ छ ।

भारतमा पछिल्लो १५३ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड सङ्क्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको सङ्ख्या ३८ हजार ४८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत